केन्द्रीय समितिले गगन थापालाई ‘भावी प्रधानमन्त्री’ घोषणा गरेको छ,यो निर्णय सबैले पालना गर्नुपर्छ


-मीन विश्वकर्मा ।
हिजो र आज राजनैतिक बजारमा नेपाली कांग्रेस पार्टीकोबारेमा दुईवटा विषयमा भ्रमहरू सम्प्रेषण भइरहेकोले मेरो जानकारीका आधारमा स्पष्ट पार्न चाहान्छु !

१. नेपाली कांग्रेस पार्टीमा विवाद भएकोले निर्वाचन आयोग पछि अदालतमा मुद्दा हुँदाहुँदै पनि निर्वाचनमा असर नपरोस्
भनि उम्मेद्वार छनोटमा सहमति गरि देशव्यापीरूपमा कांग्रेसजनले ‘रूख चिन्हमा’ निर्विवाद मत माग्ने वातावरण
बनाइएको सर्वविदितै छ । यसमा माघ ४ गते रातिको मेरो फेसबुक स्टाटसले थप प्रमाणित गर्दछ ।

२. अहिले हाम्रो पार्टी भित्र कुनै मतभेद छैन र सबैको ध्यान निर्वाचन र रुख चिन्हमा बहुमत ल्याउनमै केन्द्रित छ ।
राष्ट्रिय सभा निर्नाचन लगतै देउवा – खड्का पक्षले पार्टीको राष्ट्रिय भेला बोलाउने भन्ने समाचार कपोकल्पित हल्ला मात्र
हो ।

३. भावी प्रधानमन्त्री गगन थापाका सन्दर्भमा कुनै एक मिडियाले सोधेको प्रश्नमा ‘संसदीय दलमा चुनाव भए के
हुन्छ भन्ने प्रश्नमा, जो जित्छ उही दलको नेता हुन्छ’ र प्रधानमन्त्री पनि उही हुन्छ ‘ भन्ने मेरो जवाफलाई गलत
मनसायबाट ‘हाम्रो असहमति छ; भन्ने वाक्यांस राखेर गरिएको प्रचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

४. पार्टीकोतर्फबाट सभापति गगन थापालाई ‘भावी प्रधानमन्त्री’ घोषणा गरेको छ । पार्टी केन्द्रीय समितिको
निर्णय सबैले पालना गर्नुपर्छ । अन्यथा गर्ने कसैलाई छुट हुँदैन ।

५. पार्टी चुनावी मैदानमा रहेको बेला यस्ता भ्रामक सूचनाहरू प्रशस्त आउँछन् । पार्टीका सम्वन्धित व्यक्तिसँग बुझेर मात्र
‘लाईक, कमेन्ट र शेयर गरौँ ! नेपाली कांग्रेस पार्टी र पार्टीका उम्मेद्वारलाई असर पर्ने कार्य कसैले नगरौँ !