झापा । गत भदौ २३ र २४ भदौको जेनजी आन्दोलनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक झापा पुगेका छन् । २१ फागुनको निर्वाचनको लागि मंगलबार हुने उम्मेदवारी मनोनयनका लागि अध्यक्ष ओली सोमबार झापा पुगेका हुन् ।
चन्द्रगढी विमानस्थल पुग्दा ओलीलाई स्वागत गर्न एमालेका नेता कार्यकर्ता आएका थिए । ओलीले झापा– ५ बाट उम्मेदवारी दिँदै छन् । ओलीसँग प्रतिस्पर्धा गर्न काठमाडौंका मेयरबाट राजीनामा दिएका बालेन्द्र साह पनि झापा पुग्दैछन् । ओली यही क्षेत्रबाट २०७९ मा निर्वाचित भएका थिए ।
यस पटक झापा ५ मा रोचक प्रतिस्पर्धा हुने भएको छ । झापा ५ मा नेपाली कम्युनिष्ट पार्टीबाट रञ्जित तामाङले टिकट पाएका छन् ।

प्रतिक्रिया