प्रतिनिधिसभाको उम्मेदवार बन्न मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सिंहद्वारा सांसद पदबाट राजीनामा


काठमाडौं । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । सोमबार उनले सभामुखलाई राजीनामा बुझाएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि उनले आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा स्वाभिमान पार्टी दर्ता गराएका छन् । उनी सोही पार्टीबाटै प्रतिनिधिसभा उम्मेदवार बन्न लागेका हुन् ।