पूर्वमन्त्री यादव र वीरगञ्जका मेयर एमाले प्रवेश


काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल परित्याग गरी पूर्वमन्त्री प्रदीप यादव नेकपा एमाले प्रवेश गरेका छन् । गएराति यादवलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

त्यसैगरी यादवसँगै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पनि एमाले प्रवेश गरेका छन् । जसपा नेपालसँग पार्टी एकीकरण भएको तीन सातामै यादवले पार्टी परित्याग गरेका हुन् । जेनजी आन्दोलनअघि यादव ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री थिए ।

जेनजी आन्दोलनपछि यादव अशोक राई नेतृत्वको जसपा त्यागेर उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल प्रवेश गरेका थिए । पर्सा क्षेत्र नम्बर १ बाट लगातार दुई पटक यादव प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएका थिए । अहिले पनि एमालेले टिकट यादवलाई नै दिने तयारी गरेको छ ।