आवेग बिर्सेर एकताबद्ध भएर अगाडि बढ्नुपर्छः उपसभापति शर्मा


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगको निर्णय विधि र प्रक्रियाका आधारमा भएको बताएका छन् । आयोगको निर्णयपछि सामाजिक संजाल फेसबुक लाइभमा उपसभापति शर्माले अब नवीन कांग्रेसको शुरुवात भएको बताएका हुन् ।

उनले अब आवेग बिर्सेर एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘विधि र प्रक्रियाको बाटोबाट जे निर्णय भएको छ, यसबाट नवीन कांग्रेसको शुरुवात भएको छ । अब आवेग बिर्सनुपर्छ, एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।’

उनले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने र नगर्नेहरूमा अब दरार राख्न नहुने बताए ।