विशेष महाधिवेशन माग गर्ने २,४८८ जना, उपस्थिति २,६५२ जना


काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा समूहले विशेष महाधिवेशनमा २६ सय ५२ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका दाबी गरेको छ ।

प्रवक्ता देवराज चालिसेले शुक्रबार विज्ञप्ति जारी गरी विशेष महाअधिवेशन असोज २९ गते पार्टी कार्यालयमा दर्ता हुँदा कुल २४८८ जना महाअधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संलग्न रहे पनि महाधिवेशनमा २६५२ जना सहभागी भएका दाबी गरेका हुन् ।

यसअघि आजै देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगमा पुगेर विशेष महाधिवेशन माग गरेकामध्ये ८८५ जनाले हस्ताक्षर फिर्ता लिएको दाबी गरेका थिए ।