काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशमा पार्टीको सभापति पदमा उम्मेदवारी दिनका लागि ३० हजार रुपैयाँ शुल्क तोकिएको छ ।
निर्वाचन समितिले सभापतिदेखि केन्द्रीय सदस्य पदका लागि दस्तुर तय गरेको हो । निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ ।
त्यस्तै, सहमहामन्त्री पदका लागि २० हजार तथा केन्द्रीय सदस्य पदका लागि १० हजार शुल्क तोकिएको छ ।

प्रतिक्रिया