यस्तो छ महामन्त्री गगन थापाद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव(पूर्णपाठ)


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् ।

काठमाडौँको भृकुटीमण्डमा सोमबारको बन्दसत्रमा उनले प्रस्तुत गरेको प्रस्तावमा जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिमा विशेष महाधिवेशनको आवश्यकता, विशेष महाधिवेशनको वैधानिक प्रावधान, कांग्रेसको ऐतिहासिक परम्परा, आजको परिदृश्य र विशेष महाधिवेशनको नीतिगत सङ्कल्प, आमनिर्वाचन, उन्नत लोकतन्त्र र बहुलवादी समाजको विकास, निर्वाचन पूर्वगठबन्धन प्रवृत्तिको अन्त्य, सुशासन र भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् ।