काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अधिकतम लचकता देखाउँदा पनि पार्टी एकता बचाउन नसकेको पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।
पार्टी सचिवालयको भर्चुअल बैठकमा सभापति लामिछानेले अधिकतम लचकता अपनाउँदा पनि उज्यालो नेपालसँगको एकता हाललाई स्थगित गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।
सभापति लामछिानेसँगको छलफलमा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले पार्टीको नाम फेर्नेदेखि प्रत्यक्षतर्फ क्षेत्रहरू तोकेर आफूलाई चाहिने अडान राखेका थिए । तर त्यसमा रवि सहमत नभएपछि एकता भाँडिएको हो ।
दुई दलले पुस १४ गते पार्टी एकता गर्ने सहमति गरेका थिए । तर सहमति गरेको दुई साता नबित्दै एकता भाँडिएपछि कुलमान उज्यालो नेपाल पार्टीको अध्यक्ष बन्ने भएका छन् ।

प्रतिक्रिया