काठमाडौं । ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह’ सुरु भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सडक दुर्घटना कम गर्ने र आम नागरिकमा ट्राफिक सचेतना फैलाउने उद्देश्यले शनिबारदेखि अभियान सुरु गरिएको हो ।

शनिबार बिहान वसन्तपुर कुमारीघरबाट सुरु भएको सचेतनामूलक र्याली नगरका विभिन्न भागको परिक्रमा गर्दै रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर समापन भएको थियो ।
अभियानमा प्रहरी अधिकारीहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू र सरोकारवाला निकायहरूको बाक्लो उपस्थिति रहेको थियो । सहभागीहरूले हातहातमा ट्राफिक सचेतनासम्बन्धी ‘प्लाकार्ड’ र ब्यानरहरू बोकेका थिए ।


प्रतिक्रिया