काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । तीन मन्त्रालय सम्हालेका मन्त्री घिसिङले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।
घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको उपभापति भएपछि सरकार छाड्न उनीमाथि दबाब बढेको थियो । घिसिङ उज्यालो नेपाल पार्टीका संरक्षक थिए भने पछि राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरणपछि उनी वरिष्ठ उपसभापति भएका छन् ।
उनी भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा भदौ ३० गते मन्त्री नियुक्त भएका थिए ।


प्रतिक्रिया