कांग्रेसका सुनिल थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित


विराटनगर । कोसी प्रदेशबाट नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्यका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । कोसी प्रदेशबाट अन्य समूहमा अरु कसैको पनि उम्मेदवारी नपरेपछि थापा निर्विरोध निर्वाचित भएका हुन् ।

उनले उम्मेदवारी दिएको अन्य क्लस्टरबाट अरूको उम्मेदवारी नपरेपछि थापा निर्विरोध निर्वाचित भएका निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिए।