एमालेले राष्ट्रियसभाका ६ उम्मेदवारको लगायो टुंगो


काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाका ६ उम्मेदवारको नाम टुंगो लगाएको छ । एमालेले कोशी प्रदेशबाट रोशनी मेचे, बागमतीमा डा. प्रेमकुमार दंगाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने भएको हो ।

एमाले सचिवालयमा छलफलपछि अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको नाम टुंगो लगाएका हुन् । मधेस प्रदेशमा भने उमेदवार टुंगो लाग्न बाँकी रहेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारहरूको मनोनयन हुँदै छ ।

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यतालिका छ । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र मधेसकेन्द्रित जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच तालमेलको तयारी छ ।