रुपन्देही–२ बाट विष्णु पौडेलको नाम एकल सिफारिस


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाट सिफारिस भएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि पौडेलको नाम रुपन्देही–२ बाट एकल सिफारिस भएको हो ।

क्षेत्रीय कमिटीको विस्तारित बैठकबाट पौडेलको नाम एकल रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय भएको जिल्ला अध्यक्ष यज्ञ गैरेले जानकारी दिएका छन् ।

पौडेलले यो क्षेत्रबाट लगातार चुनाव जित्दै आएका छन् । २०७९ र ०७४ सालको प्रतिनिधिसभा, २०७० साल र ०६४ सालको संविधानसभा निर्वाचनमा पौडेल रूपन्देहीको यही क्षेत्रबाट निर्वाचित भएका थिए ।