काठमाडौँ । विशेष अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
बुधबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन आदेश दिएको हो ।
पोखराको बाटुलेचौरस्थित लिची बगैँचाको १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा संलग्न रहेको आरोपमा अख्तियारले गुप्ताविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया