काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौंका मेयर बालेन साहलाई निर्वाचनमा हराउने बताएका छन् ।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत अध्यक्ष साम्पाङले बालेनलाई जुन ठाउँबाट उम्मेदवारी दिएपनि हराउने बताएका छन् । उनले भनेका छन्,‘बालेनलाई चुनावमा हराउनेछौं। जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ हामी हराउनेछौं ।’
बालेनले रविसँग सात बुँदे सहमति गरेसँगै हर्क बालेनप्रति आक्रोश पोख्दै आएका छन् । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीकारुपमा स्वीकार गरेको छ ।

प्रतिक्रिया