कांग्रेसका समानुपातिकतर्फका उम्मेदवारहरूको सूची अनुमोदन


काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारहरूको सूची अनुमोदन गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गरेको गरेको कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले जानकारी दिए ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक सांसदको बन्द सूची बुझाउने आज अन्तिम दिन हो । थापाले सूची बुझाउनको लागि निर्वाचन आयोगबाट निस्सा लिइसकेको पनि जानकारी दिए । नाम अनुमोदन गरेसँगै बैठक ५ बजेसम्मका लागि स्थगित भएको थापाले जानकारी दिए ।