काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले सुशीला कार्कीको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।
बुधबार राष्ट्रपति पौडेललाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै महासचिव विप्लवले कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गर्न माग गरेका हुन् । ज्ञापनपत्रमा जेनजी विद्रोहको भावना अनुरूप विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधान संशोधन गर्न माग गरिएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘यदि जनताका भावना, अग्रगामी राजनीतिक प्रस्ताव र जेनजीका आवाजहरूलाई समयमै सुनिएन भने परिस्थिति फेरि पनि विस्फोटक बन्दैन भनेर भन्न सकिँदैन । तसर्थ परिस्थितिको यो गम्भीरतालाई मध्यनजर गर्दै हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी(माओवादी) का तर्फबाट तत्काल निम्न मागहरू पूरा गरेर मात्र देशलाई सापेक्षिक शान्ति, स्थिरता र निर्वाचनतिर लैजान सकिन्छ भन्ने मान्यताकासाथ महामहिम राष्ट्रपति ज्यू सामु यो ज्ञापन पत्र पेस गरेका छौँ ।’



प्रतिक्रिया