काठमाडौँ । जेनजी आन्दोलनमा भएको हत्या, आगजनजी र तोडफोडको छानबनिका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजालको स्थान हद फुकुवा गरेको छ ।
आयोगले तीनै जनाको बयान सकाएको भन्दै विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्थालाई फुकुवा गरेको जनाएको छ ।
गत असोज १२ र कात्तिक २७ गतेको बैठकले दुवाडी, खापुङ र रिजाललाई विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया