महाराजगञ्जमा ओली-देउवा वार्ता


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सोमबार अपरान्ह कांग्रेस सभापति देउवालाई भेट्न एमाले अध्यक्ष ओली महाराजगञ्ज पुगेका हुन् । ओली महासचिव शंकर पोखरेललाई लिउरु देउवालाई भेट्न गएका थिए ।

कांग्रेस र एमालेका निवर्तमान सांसदहरुले संसद पुनःस्थापनाको माग गर्दै हस्ताक्षर लिएर सर्वोच्च अदालत जाने चर्चा भइरहेका बेला उनीहरुबीच भेटवार्ता भएको हो । यसअघि गत मंसिर १० गते दुई नेताबीच भेटवार्ता भएको थियो ।