भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बैंक जमानत बुझाएर रिहा भएका छन् । जिल्ला अदालत, रुपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत बुझाएपछि लामिछाने थुनामुक्त भएका जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए ।
रवि काठमाडौंबाट चितवन हुँदै आजै साँझ रुपन्देही आइपुगेका थिए । उनी जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएर रिहा भएका हुन् । तुलसीपुर उच्च अदालतको आदेशमा रिहा भएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न शुक्रबार साँझ जिल्ला अदालत उपस्थित भएका हुन् ।
खराब मौसमका कारण काठमाडौंबाट भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न नपाएपछि चितवनको भरतपुर विमानस्थल भएर सडकमार्गबाट रुपन्देही आइपुगेका हुन् ।
बिहीबार उच्च अदालत तुलसीपुरको बुटवलका न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई रिह ागर्न आदेश दिएको थियो।

प्रतिक्रिया