तस्बिरमा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक


काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसिरहेको छ । बैठक बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो २ बजेपछि बैठक सुरु भएको हो । बैठकमा केन्द्रीय सदस्यहरूलाई बधाई ज्ञापन तथा निर्वाचित भएपछि गर्नुपर्ने कामहरूबारे छलफल हुने बताइएको छ ।

एमालेको ११ औं महाधिवेशन शुक्रबार सम्पन्न भएको थियो । महाधिवेशनले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ। अध्यक्षमा केपी शर्मा ओली तेस्रोपटक निर्वाचित भएका छन् । केन्द्रीय कमिटीको बिहीबार नै भृकुटीमण्डपमा शपथ भइसकेको छ ।