काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओलीले पार्टी अब झन् बलियो हुने बताएका छन् ।
बिहीबार साँझ पदको शपथग्रहणपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी फुट्छ भनेर धूप हालिरहेकाहरुलाई महाधिवेशनले दरो झापड दिएको बताए । उनले अब एमाले झनै मजबुत हुने बताए ।
उनले भने, ‘धेरैले यो पार्टी फुट्ने आस गरेका थिए, फुट्छ भनेर कोसिस गर्दै धूप हालिरहेका थिए । तर तिनको धूप खेर जान्छ, तर नेकपा एमाले अझै मजबुत भएर जान्छ।’
अध्यक्ष ओलीले एमालेको जस्तो लोकतन्त्रको अभ्यास अन्य दलहरूले गर्नै नसक्ने जिकिर गरे । उनले अब पार्टीमा चुनाव नलड्ने र पार्टी संगठनलाई योगदान गर्ने भनेर घोषणा गर्ने नेताहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीसहित नेताहरूप्रति धन्यवाद दिए ।

प्रतिक्रिया