रविलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । बिहीबार तुलसीपुर उच्च अदालत, बुटवलका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले सभापति लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

रविलाई २ करोड ७४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

छबिलाल बन्जाडेको हकमा भने रिहाइको आदेश नभएको उनले बताए । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो ।

जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । लामिछाने हाल नक्खु कारागारमा छन् ।