-डा. युवराज संग्रौला ।
हाम्रो समृद्धिको यात्रामा बाधा हाल्नेहरु ‘यो देशका संकीर्ण कर्मचारी र राष्ट्रिय स्वार्थप्रति उदासिन नेता हुन् ।’
१. देशको करिब १०० खर्ब खर्च गर्ने क्षमता छ। तर, बिगत ५० वर्षमा नेता र कर्मचारी विदेशी सहयोग दुब्र्यसन र ऋृणको चंगुलमा फसे । देशको अर्थतन्त्र ‘सुनियो’। यो आफू मोटाइरहेको बाँझो भैंसी जस्तो भयो । यसले रोजगारमूलक कृषि र उद्योगमा लगानी नगरी ‘नवउदारवादी औद्योगीकरण निषेधको नीति ग्रहण गर्यो।’
२. रोजगार निषेध गरेर युवा श्रमशक्ति निर्यातको रास्ट्रघाती नीति अवलम्बन गर्यो।
३. अब देशको जनसंख्या बुढ्यौलीको बाटोमा छ । जन्मदर डरलाग्दो ढंगले घट्दै छ। देखासिकीमा युरोप र अमेरिका बसाइँसर्नेले जंनसंख्या गिर्दो छ । अबका १० वर्षमा कलेज पढ्ने विद्यार्थी पाइने छैन ।
४. उद्योग खोल्न भन्दा सियोको प्वालबाट छिर्न सजिलो छ । अब उद्यमीहरुमा लगानी गर्ने भयको अवस्था छ, कसले कहिले आगो लगाउँछ थाहा छैन ।
५. नयाँ उद्योग खोल्ने चाहना भनेको ‘भ्रष्टाचारले ग्रस्त कर्मचारीतन्त्र अहिलेको अवस्थामा ‘हातखुट्टा, शरीर तलदेखि माथिसम्म डोरीले बाँधेको मानिसले चंगा उडाउने सपना जस्तै हो।’
राजनीतिको कुरा छोडौं । अब देशको अस्तित्वको चिन्ता गर्ने बेला आएको छ। राजनीतिक दलका नेताले चलाएको देश देखियो । दस वर्षपछि देश चलाउने ‘नेतृत्वको हालत पनि जेनजीको दिनैपिच्छेको लडाइँले देखायो।’ यति हुँदा त शिक्षक, प्राध्यापक, वकिल, चिकित्सक, इन्जिनियर, अडिटरलाई देशको चिन्ता लाग्नुपर्ने हो तर ‘उहाँहरु त एक्स्प्रेसो, काल्स्बर्ग, अनेक लेभलका ह्विस्की, आउटिङ्ग, र सेमिनारमै व्यस्त हुनुहुन्छ।’ चिन्ता छैन। खोइ के गर्ने हो, ‘उहाँहरुकै जस्तो चिन्ताहीन जीवन बाँच्न सिक्न पाए, मुटुमा पीडा त हुने थिएन।’यो मेरो निरासा होइन। यो आजको यथार्थता हो । बौद्धिक दोग्लापन मासिए त देश मासिने थिएन ।

प्रतिक्रिया