काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले सरकारसँग वार्ता गर्न प्रेमदीप लिम्बूको नेतृत्वमा समिति गठन गरेको छ ।
सारकारले वार्ताका लागि आह्वान गरेपछि महाअभियानले लिम्बुको नेतृत्वमा समिति गठन गरेको हो । समितिमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर सदस्य छन् ।
त्यसैगरी वार्ता सहजकर्तामा विनोदमणि भट्टराई र लबन न्यौपानेलाई राखिएको छ । सरकारले महाअभियानसँग वार्ता गर्न आइतबार वार्ता समिति गठन गरेको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको नेतृत्वमा सरकारले बनाएको आन्तरिक सहजीकरण तथा समस्या समाधान समितिमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना सदस्य छन्।

प्रतिक्रिया