ईश्वर पोखरेल पक्षले टुंग्यायो उम्मेदवार


काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा ईश्वर पोखरेल पक्षले नेतृत्वका लागि उमेदवार तय गरेको छ । पोखरेल पक्षले उपाध्यक्षमा गोकर्ण बिष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपालको नाम टुंग्याएको छ । त्यस्तै, महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुङ्ग्याइएको छ ।

उपमहासचिवमा योगेश भट्टराईको नाम तय भएको छ । सचिवमा कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र रचना खड्काको टुंग्याइएको छ । नयाँ नेतृत्वका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ भने निर्वाचन भोलि हुनेछ ।