प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि डडेल्धुराबाट देउवाको नाम सिफारिस


काठमाडौं । प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि डडेल्धुराबाट नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको नाम सिफारिस गरेको छ ।

जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले सभापति देउवाको नाम सर्वसम्मत एकल सिफारिस गर्ने निर्णय गरेको हो । जिल्ला सभापति भीमबहादुर साउदले पूर्वप्रधानमन्त्री देउवाको नाम सर्वसम्मत एकल सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै, समानुपातिक उम्मेदवारका लागि नरभान कामी र मानकुमारी थापाको नाम सिफारिस गरिएको छ । जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिलाई नाम सिफारिस गरेको हो। अब प्रदेशले कांग्रेस केन्द्रमा नाम पठाउनेछ ।