काठमाडौँ । जिल्ला अदालत काठमाडौँले टीओबीका तेन्जिङ दावा लामालाई ५ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले लिखत कीर्तेसम्बन्धी लामासँग कसुरमा ५ लाख र लागुऔषध मुद्दामा २० हजार धरौटी मागेको हो ।
जेनजी आन्दोलन भड्काएको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया