महाधिवेशनको उद्घाटन समारोहमा अतिथिका रुपमा सहभागी हुन देउवालाई एमालेको निमन्त्रणा


काठमाडौं । नेकपा एमालेले पार्टी महाधिवेशनको उद्घाटन समारोहमा अतिथिका रुपमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवालाई निमन्त्रणा गरेको छ ।

एमाले नेता महेश बर्तौला र महाधिवेशनमा अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ देउवा निवासमा पुगेर निम्ता दिएका हुन् ।

निम्ता पाएपछि देउवाले महाधिवेशनमा आउने वचन दिएका छन् । एमालेको मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा महाधिवेशन हुँदैछ ।