काठमाडौँ । सरकारले गत चैत १५ मा काठमाडौंको तीनकुनेमा मारिएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सुरेश रजकलाई राज्यकोतर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको जानकारी दिए । विस २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको क्रममा आगजनी भएको घरमा जलेर पत्रकार सुरेशको मृत्यु भएको थियो । दिवंगत पत्रकार रजकलाई सहिद घोषणा गर्न रजकको परिवारले माग गर्दै आएको थियो ।

प्रतिक्रिया