मन्त्रालयलाई पाख्रीबासका मेयरको पत्रः गाई भैसी ब्याउन, दूध उत्पादन गर्न छुट्टाछुट्टै प्रमुख प्रशासकीय अधिकृत पठाइदिनु


काठमाडौं । धनुकटाको पाख्रीबास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका छन् ।

पत्रमा मेयर गुरूङले प्रमुख प्रशासकीय अधिकृत छिटोछिटो फेर्ने मन्त्रालयको कार्यशैलीप्रति आक्रोश प्रकट गरेका छन् । 

पत्रमा भनिएको छ, ‘यस पाख्रीबास नगरपालिकामा दैनिक प्रशासनिक र आर्थिक कामकाज हुँदा र नहुँदा यस क्षेत्रमा धान फल्न, दाही गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाई भैसी ब्याउन, दूध उत्पादन गर्न, सिँचाई गर्न, फलफूल लगाउन फूल्न, फल्न र सो को निकासा गरी बिक्रिवितरण गर्न कुनै समस्या नरहेकोले त्यहाँ मन्त्रालयबाट प्रत्येक महिना ÷ महिनामा वा सम्भव भए दिनदिनै छुट्टाछुट्टै एक/एक जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकी पठाउँदा पनि फरक नपर्ने व्यहोरा जानकारीको लागि अनुरोध छ ।’