जिल्ला प्रशासन कार्यालयहरुलाई गृहको परिपत्रः जेनजी सहिदको सूची आफ्नो कार्यकक्षमा राख्नु


काठमाडौँ । गृह मन्त्रालयले जेनजी आन्दोलनका सहिदको सूची आफ्नो कार्यकक्षमा राख्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। 

सोमबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी गृहले तीन दिनभित्र ‘जेनजी सुशासन’ योद्धाहरू’ को नामावली सीडीओको कार्यकक्षमा राख्न भनेको हो।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७६ जना व्यक्तिहरू मारिएका थिए। उनीहरूमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरिसकेको छ। 

उनीहरूकै नामावली तोकिएको ढाँचामा राख्न प्रजिअलाई गृहले निर्देशन दिएको हो। 

परिपत्रसाथ गृहले ४५ जनाको नामावलीसमेत पठाएको छ।