काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ढिलो भएपनि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दा अख्तियारले अघि बढाएकोमा खुसी लागेको बताएका छन् ।
आइतबार अख्तियारले विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेपछि लिङ्देनको यस्तो भनाई आएको हो ।
उनले सरकारको हस्तक्षेप भएन र संवैधानिक अङ्गहरू दलीय प्रभावबाट मुक्त भयो भने काम गर्न सक्छन् भन्ने कुरा अख्तियारले प्रमाणित गरेको उनले उल्लेख गरेका छन् ।
उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारको सन्दर्भको कुरा गर्दा करछुटमा संलग्नहरुलाई पनि छुट दिनु हुँदैन आफ्नो राय भएको बताएका छन् ।
पोखरा विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले गत वैशाखमा अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । राप्रपा अध्यक्ष लिङ्देन नेतृत्वको उपसमितिले विमानस्थल निर्माणमा करिब १० अर्ब भ्रष्टाचार भएको प्रतिवेदन समितिलाई बुझाएको थियो ।

प्रतिक्रिया