काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आवेदन माग गरेको छ । विपिनकुमार आचार्य संयोजकत्वको उम्मेदवार छनोट समितिले आजदेखि उम्मेदवारका लागि आवेदन खुला गरेको हो ।
रास्वपाले पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यहरूलाई उम्मेदवार छनोट रूपरेखाबमोजिम आजदेखि उम्मेदवारी आवेदन खुला गरेको हो । पार्टीको मोबाइल एपमार्फत पनि आवेदन दिन सकिने रास्वपाले जनाएको छ ।
रास्वपाले आवेदन शुल्क २५ हजार रुपैयाँ तोकेको छ । उम्मेदवारी आवेदन शुल्क तिर्न नसक्नेले विपन्नताको परिचयपत्र पेस गर्नुपर्ने रास्वपाको भनाइ छ ।


प्रतिक्रिया