काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल पार्टी’प्रति लक्षित कुलमान घिसिङको कटाक्ष गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले नेपाललाई लोडसेडिङ मुक्त गरेर उज्यालो नेपाल बनाउने योजना आफ्नो दलको भएको दाबी गर्दै योजना एउटाको भए पनि जस अर्कैले लिएको आरोप लगाएका हुन् ।
उनले भनेका छन्, ‘लोडसेडिङ विरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले । पार्टी खोल्यो तेश्रोले । जसको योजना उसैलाई श्रेयदिने कहिले?’ उर्जामन्त्री एवं नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको अगुवाइमा बुधबार उज्यालो नेपाल पार्टी घोषणा भएको थियो ।

प्रतिक्रिया