गण्डकी । बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । पोखरा विमानस्थलमा अवतरणका क्रममा शनिबार दिउँसो ३.४५ बजे जहाजसँग चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेशनका प्रबन्धक गौतम बरालले जानकारी दिए ।
चरा ठोक्किदा जहाजको ‘पपलरको ब्लेड’ अलिकति कुच्चीएको भएपनि जहाजका सबै यात्रु र चालक दल सुरक्षित रहेको उनले जानकारी दिए । अहिले विमानको प्राविधिक परीक्षण जारी छ ।

प्रतिक्रिया