प्रधानमन्त्रीको सचिवालयमा अब ६ जना मात्र, १४ जनाको नियुक्ति खारेज


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सल्लाहकार तथा सचिवालय टीम घटाएकी छन् । प्रधानमन्त्री नियुक्त हुँदा २० जनालाई सचिवालयको विभिन्न जिम्मेवारीमा नियुक्त गरेकोमा त्यो संख्या कटौती गरी ६ जनामा झारिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट बुधबार विज्ञप्ति जारी गरी अब सचिवालयमा मुख्य सल्लाहकार–१, जनसम्पर्क सल्लाहकार–१, प्रमुख स्वकीय सचिव– १, प्रेस संयोजक–१, स्वकीय शाखा अधिकृत (फोटोग्राफर)–१ र जनस्वास्थ्य विज्ञ (अवैतनिक)–१ गरी ६ जना मात्र कायम राखिएको छ । बाँकी सबै पदको नियुक्ति यही मंसिर ११ गतेदेखि लागू हुनेगरी खारेज गरिएको छ ।