काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार वक्तव्यमार्फत पोखरेलले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरिका साथीहरूले गरेको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
उनले भनेका छन्, ‘पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ । पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न म प्रतिबद्ध छु ।’
पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरणको लागि सकारात्मक भूमिका निर्वाह गरिदिन पनि आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न म प्रतिबद्ध छु । पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’

प्रतिक्रिया