एमाले नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमण(भिडियो)


विराटनगर । नेकपा एमालेका नेता महेश बस्नेतमाथि आक्रमण भएको छ । युवा संघको कार्यक्रमका लागि सुनसरी जाँदै गरेका बस्नेतमाथि आइतबार  विराटनगर विमानस्थलनजिक आक्रमण भएको हो ।

त्यसक्रममा बस्नेतलगायत नेताहरू चढेको गाडीमा दुई जेनजी युवाले रातो मसी छ्यापेका छन् । बस्नेतसहितको टोलीलाई जेनजी युवाले विमानस्थलबाट बाहिर निस्कने क्रममा गेटनजिक रातो मसी छ्यापेका हुन् । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएकाहरूमा अप्रित कुँवर र सञ्जोग गौतम रहेका छन् । उनीहरुले जेनजी आन्दोलनका क्रममा मारिएका युवाहरूको न्यायको पक्षमा भन्दा जेनजी आन्दोलनको विरुद्धमा एमाले सक्रिए भएका कारण सांकेतिक विरोधका लागि रातो मसी छ्यापिएको  बताएका छन्  ।