-ऋषि कट्टेल
नेकपा एमालेको पाँचौ माहाधिवेशन हुदै थियो । महासचिव थिए मदन भण्डारी । उनले आफ्नो राजनीतिक प्रतिवेदनमा पार्टीको कार्यक्रम वहुदलीय जनवाद भनेर ल्याए । पार्टी एकता गरेको एकवर्ष मात्र भएको थियो । साँच्चै भन्दा सबै कमरेडहरुसँग राम्रो चिनजान पनि भइसकेको थिएन । मैले वहुदलीय जनवादवारे मुख्य दुईवटामा राय राखें । पहिलो वहुदलीय जनवाद नयाँ जनवादलाई विस्थापित गर्न ल्याइएको संशोधनवादी कार्यक्रम हो र दोस्रो यो पुँजीवादमा आत्मसमर्पणको कार्यक्रम हो । पास मदनकै भयो । मैले आफ्नो नोट अफ डिसेन्ट राखें । मदनले आफनो डेरामा मलाई छलफलको निम्ति बोलाए । आआफ्नो तर्कमा हामी दुवै अडिग भयौं । पाँचौं माहाधिवेशन भयो । हलमा यसको विरुद्ध बोलेवापत मनमोहन अधिकारीलाई हुटिङ गरेर बोल्न दिइएन । हुटिङको नेतृत्व अमर लामाहरुले गरेका थिए । भोटिङ गराइयो । हार्ने अवस्था वा न्युन मार्जिनको अवस्था देखिएपछि षड्यन्त्रात्मक रुपमा पास गराइयो । षड्यन्त्रको ताना वुन्ने पात्र थिए माधव नेपाल र प्रदीप नेपाल । त्यही संशोधनवादी कार्यक्रमलाई निरन्तरता दिने र देशघाती महाकाली सन्धिलाई छैटौ माहाधिवेशनले पास गरेपछि मैले एमाले छोडें । तर आजसम्म पनि एमालेका कार्यकर्ताहरु भेट्ने वित्तिकै एमाले फर्कन आग्रह गर्न छोडेका छैनन् । त्यसो त माधव, झलनाथहरुले पनि पटकपटक आग्रह नगरेका हैनन् । मेरो प्रष्ट जवाफ हिजो पनि थियो र आजपनि छ विसर्जनवादी कार्यक्रम र देशघाती नीति बेकेर म एमालेमा फर्कन्न ।
ओलीलाई सेनाले बोकेर ज्यान बचाउने अवस्था किन आयो ? आजको एमालेमा देखिएको विसंगतिको वैचारिक आधार के हो ? त्यो जवज हो । जवजको विषवृक्ष हुर्किएर एमालेलाई रसातलमा पुर्यायो । चुनाव जितेर संविधान सम्मत बनेको सरकार राज्य सत्ताको कुनै निकायको सहयोग नपाएर भाग्न पर्यो । किन ? के यसको राजनीतिक उत्तर खोज्ने प्रयास एमाले र स्वयं ओलीले गरेको छ । दाहाल पार्टी विघटनको अवस्थामा पुगे झैं अब छिटै एमाले पनि छिटै विघटनको दिशामा पुग्नेछ । क.माओले भनेझैं कार्यदिशा सही हुनु वा नहुनुले सबै कुराको फैसला गर्दछ । हिजोको एमाले वा माओवदी आज यो अवस्थामा किन पुगे । यसको एउटै प्रष्ट उत्तर छ गलत कार्य दिशा । जुनबेलासम्म उनीहरुले सही कार्यदिशा बोके उनीहरु कम्युनिष्ट आन्दोलनको केन्द्र बने जब उनीहरु गलत कार्यदिशा बोके पतन भए । वहुदलीय जनवाद एमालेको पतनको मुख्यकारण हो ।

प्रतिक्रिया