प्रतिनिधिसभा पुनःस्थापनाका लागि दवाव दिन काठमाडौंमा एमालेको शक्ति प्रदर्शन(भिडियोसहित)


काठमाडौं । नेकपा एमालेले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । एमाले बागमती प्रदेश कमिटीले प्रतिनिधिसभाको पुनःस्थापना र गणतन्त्रको रक्षाको र प्रतिगमनविरुद्ध भन्दै प्रदर्शन गरेको हो ।

प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सुन्धारा, रत्नपार्कहुँदै पुनः भृकुटीमण्डप पुगेको छ । भृकुटीमा आयोजित जनसभालाई अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।