‘नेसनल भोलेन्टियर फोर्स‘ देखि कोही पनि आत्तिनुपर्दैनः अध्यक्ष ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र आतंककाविरुद्ध पार्टीले ‘नेसनल भोलेन्टियर फोर्स’ गठन गरेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा ‘नेसनल भोलेन्टियर फोर्स घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लुटपाट र हिंसा रोक्न नयाँ संगठन गठन गरिएको बताएका हुन् ।

उनले अराजकता रोक्न संगठनका सबै सदस्यहरूले अनुशासनको पूर्ण पालना गरेर काम गर्ने बताए । उनले ‘नेसनल भोलेन्टियर फोर्स’ बाट कोही पनि आत्तिनु नपर्ने बताए ।

उनले भने,‘यो स्वयंसेवक दस्ता राष्ट्र हितका लागि गठन भएको हो । त्यसकारण यसको अस्तित्व र सङ्गठनसँग कोही पनि आत्तिनुपर्दैन, डराउनुपर्दैन ।’ अध्यक्ष ओलीले फोर्सले अनुशासित ढङ्गले काम गर्ने भन्दै हिंसा, आतङ्क, तोडफोड र लुटपाटकाविरुद्ध काम गर्ने बताए ।