नेपाली कम्युनिष्ट पार्टी र ‘मातृभूमि जागरण अभियान, नेपाल’बीच सात बुँदे सहमति


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र भीम रावलको ‘मातृभूमि जागरण अभियान, नेपाल’बीच एकताका लागि सात बुँदे सहमति भएको छ ।

बुधबार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, संह–संयोजक माधवकुमार नेपाल र जागरण अभियानको तर्फबाट भीम रावलले औपचारिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै बाह्य हस्तक्षेप र दबाबवाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने सहमति भएको छ ।

नेपाली कम्युनिस्ट पार्टीमा रावलको वरीयता र जिम्मेवारी आन्तरिक सहमतिमा टुंगो लगाइने भएको छ ।