जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् । सभामुखसमक्ष उनले राजीनामा दिएका हुन् ।
विश्वासको मत लिन शनिबार मधेस प्रदेशसभाको बोलाइएको थियो । तर बैठकबाट मुख्यमन्त्री सोनलले विश्वासको मत नपाउने देखिएपछि प्रदेशसभा बैठकबाट बाहिरिएका थिए ।
१० मिनेटमा लागि बैठक स्थगित गरिए पनि डेढ घन्टा बित्दा पनि बैठक सुरु नभएपछि मुख्यमन्त्री सोनलले प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल राजीनामा दिएका हुन् ।
सोनललाई असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । १०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ । मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ ।
तर उनलाई समर्थन गरेको जनमत पार्टी विभाजन भएकाले विश्वासको मत नपाउने निश्चित भएपछि उनले पदबाट राजीनामा दिएका हुन्।

प्रतिक्रिया