सी जिनपिङकाे जीवनकाे सबैभन्दा ठूलाे शिक्षा



 

म जब सानो थिएँ, अत्यन्तै स्वार्थी थिएँ र आपनो लागि मात्रै सोच्ने गर्थें । अन्ततः मलाई सबैले छोड्दै गए, साथीहरूले समेत छोडे । मैले कहिल्यै पनि आफ्नो गल्ती देखिनँ, सधैं आफ्ना दोषहरु अरुमाथि पन्छाएँ र उनीहरूको आलोचना मात्र गरें।

तर मेरा बुबाले मलाई केही महत्त्वपूर्ण सिद्धान्तहरु सिकाए ।

एक दिन मेरा बाबुले चाउचाउ पकाए र दुईटा कचौरामा टेबुलमा राखे । एउटा कचौरामा एउटा अन्डा थियो, तर अर्कोमा चाहिँ थिएनँ । बाबुले मलाई एउटा कचौरा रोज्न अह्राए ।  जसै हामीले खान शुरु गर्यौं, म मेरो बुद्धिमत्तापूर्ण निर्णय÷चयनमा पुलकित हुँदै खुसीका साथ अण्डा खाएँ । तर मलाई आश्चर्यचकित पार्ने कुरा, जसै मेरा बुबाले चाउचाउ खाए, उनको चाउचाउको पिँघमा त दुईवटा अण्डाहरु पो थिए । मलाई अत्यन्तै पश्चाताप भयो । र, मैले आफैलाई हत्तारिएर निर्णय लिएको पो हकारें ।

मेरा बुबा मुस्कुराए र मलाई भने, ‘मेरा छोरा, तिमीले याद राखिराख, तिम्रा आँखाले देखेको कुरा सत्य नहुन पनि सक्छ । तिमीले अरुबाट फाइदा लिने सोच्यो भने अन्तत तिमीले गुमाउनुपर्ने हुन्छ ।’

अर्को दिन मेरा बुबाले फेरि दुई कचौरा चाउचाउ पकाए, एउटामा माथि अण्डा थियो भने अर्कोमा थिएन । यस पटक पनि उनले दुइटै कचौराहरुलाई टेबुलमा राख्दै मलाई भने,

‘मेरा छोरा, तिमी नै रोज । तिनी कुन कचौरा चाहन्छौ ?’

यसपटक म अलि बाठो भएको थिएँ । मैले माथि अण्डा भएको कचौरा रोजे । तर मलाई आश्चर्यचकित पार्ने कुरा, जसै मैले माथिका चाउचाउलाई पन्छाएर हेरें, त्यसको पिँधमा एउटा पनि अण्डा थिएन । यस पटक पनि मेरा बुबा मुस्कुराए र मलाई भने, ‘मेरा छोरा, तिमी सधैं आफ्ना अनुभवहरुमाथि मात्रै भरपर्नु हुन्न किनभने कहिलेकाहीँ जीवनले तिमीलाई धोका दिन सक्छ र तिमीलाई झुक्याउन पनि सक्छ । तर तिमी अति क्रोधित वा दुःखी हुन हुँदैन । यसलाई तिमीले सिकेको एउटा पाठको रुपमा लिनुपर्छ । तिमी यो कुरा पाठ्यपुस्तकबाट सिक्न सक्तैनौ ।’

तेस्रो दिन, मेरा बुबाले यसअघि जस्तै फेरि दुई कचौरा चाउमीन पकाए, एउटामा माथि अण्डा राखिएको र अर्को अण्डा नभए । उनले दुइटै कचौरालाई टेबुलमा राखे मलाई भने, ‘मेरा छोरा, तिमी रोज, कुन कचौरा तिमी लिन्छौ ?’

यस पटक, मैले मेरा बुबालाई भनें, ‘बुबा, पहिले तपाईं रोज्नुहोस् । तपाईं घरको मूली हुनुहुन्छ र परिवारको लागि सबैभन्दा बढी योगदान तपाईं नै गर्नुहुन्छ ।’

मेरा बुबाले अस्वीकार गरेनन् र माथि अण्डा राखिएको कचौरा रोजे । कचौराका चाउचाउ खादै गर्दै म मेरो अन्तरआत्मादेखि नै कुरा कुरामा निश्चित थिएँ भने मेरा कचौराभित्र अण्डा छैन । तर मलाई आश्चर्यचकित तुल्याउने कुरा, कचौराको पिँधमा त दुईवटा अण्डाहरु पो थिए !

मेरा बुबाले मायालु आँखाले हेर्दै मुस्कुराए, ‘मेरा छोरा, हमेशा याद राख, तिमी अरुप्रति राम्रो सोच्छौ भने स्वभाविक रुपमा तिमीलाई पनि सधैं राम्रो नै हुनेछ ।’

तत्पश्चत, मैले आफ्ना जीवनमा ती तीन सिद्धान्तहरुलाई अपनाएकाे छु । मैले गर्ने हरेक कामहरु, चाहे त्यो व्यक्तिगत होस् वा व्यवसायिक, मैले सधैं आफूभन्दा पहिले अरुको बारेमा सोच्ने र उनीहरुलाई नै अगाडि राख्ने गरेको छु ।

स्रोतः  https://www.facebook.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

भन्सार नाकामा रोकिएका सवारी साधन छुटाउन नाडाको आग्रह

काठमाण्डाै, नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले भन्सार नाकाहरुमा लामो समय देखि रहेका सवारीका

नेपाली सेनाकाे अधिकृत क्याडेटमा छनाैट हुन सफल प्रशिक्षार्थीहरुलाई डिक्यानद्वारा बधाई तथा सम्मान

नेपाली सेनाको सिं.स.६३ अधिकृत क्याडेटमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई डिक्यानले बधाई तथा सम्मान

बायोमेडिकल ईन्जिनियरिङ्ग के हाे ? नेपालमा यसकाे अवस्था र आवश्यकता ।

ईन्जिनियरिङ्गका विभिन्न प्रविधिहरु प्रयोग गरेर मेडिकल समस्याहरु पहिचान तथा समाधान गर्ने विषय नै