काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन ३ लाख ४ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ७२५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ६९० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया