काठमाडौँ । शुक्रबार शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । शुक्रबार नेप्से ७.९० अंकले बढेको हो । नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने बिहीबारको तुलनामा वृद्धि भएको छ।
आज ३५३ वटा कम्पनीको १ करोड ३७ लाख ६९ हजार १०० कित्ता सेयर ६ अर्ब २६ करोड ७२ लाख रुपैयाँमा किनबेच भएको छ ।
आज कारोबारमा आएकामध्ये १५२ वटा कम्पनीको मूल्य बढ्दा १०९ वटाको घट्यो । एभरेष्ट कलर लिमिलेडको सेयर १४.९९ प्रतिशतले बढ्दा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको १४.४६ प्रतिशतले बढ्यो ।
एनआएरन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले २७ करोडको कारोबार गर्दा कुमारी बैंकले २५ करोड, आँखु खोला जलविद्युतले १९ करोड र कर्पोरेट डेभलपमेन्ट बैंकले १७ करोड मूल्य बराबरको कारोबार गरे।

प्रतिक्रिया