भक्तपुरको निकोशेरामा बोन्डोरा किड्स संचालनमा


भक्तपुर । भक्तपुरको निकोशेरामा बोन्डोरा किड्स संचालनमा आएको छ । बोन्डोरा किड्सको शनिबार भव्य समारोहकाबीच उद्घाटन गरिएको छ । यहाँ नवजात शिशुदेखि ठूला बालबालिकाका लागि कपडा, जुत्ता, खेलौना, शैक्षिक सामग्री एउटै छानामुनि पाइन्छ । त्यस्तै फेमिली टिसर्ट पनि पाइन्छ ।

फेमिली टिसर्ट चाहिँ आफ्नै ब्राण्डको रहेको छ । अहिले फेमिली टिसर्ट मात्रै आफ्नै ब्राण्डको भएपनि पछि सबै सामग्री आफैँ उत्पादन गर्ने लक्ष्य रहेको संचालकद्वय निशा खनाल र काजोल रेग्मीले जानकारी दिएका छन् । आफूलाई चाहिने सामग्री किन्न आउन नभ्याउनेका लागि होम डेलिभरीकोसमेत व्यवस्था गरिएको छ ।