काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ ।
शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४०० मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयामा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५१० मा कारोबार भएको थियो ।

प्रतिक्रिया